Showing posts with label american nepali. Show all posts
Showing posts with label american nepali. Show all posts

Friday, October 16, 2009

बिदेशी भूमिमा मेरो जीबन

आज मलाई के लेखौं के लेखौं भएको छ ? आफैंमा सोचिरहेको छु - यो जिन्दगीको बारेमा | कहिलेकाँही त आफैंलाई पट्यार लागेर आउँछ ! बिदेशी भूमिमा कहिलेसम्म बस्नु पर्ने हो भनेर | तथापी के गर्नु , कर्म यस्तै रैछ | तर हेरौं, केहि त अवस्य होला ढिलोचाँडो | न खानाको ठेगान छ न त सुत्ने र बस्ने नै, खाली काम भन्यो,पढाई भन्यो, आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि कति गाह्रो |

भेटिएका साथीभाई पनि अधिकांश स्वार्थी नै, के गर्नु यस्तै बनाउँदो रहेछ यहाको परिवेशले मान्छेलाई | सबै आ-आफ्नो काममा तल्लिन , न कसैलाई कसैको मतलब छ, न त अरुलाई गर्नुपर्ने सहयोगको वास्ता नै |

तर पनि कतिपय भने चाहीं सहयोगी पनि छन् है | केहीले निकै घतलाग्दो सहयोग गरेका छन् | ती सम्पूर्ण साथीहरुप्रति आभार ब्यक्त गर्दछु | अरु कुराहरु यही ब्लगमा थप्दै गरौंला , अहिलेलाई चाहीं छुट्टीऊँ होला | जदो !