Showing posts with label tika. Show all posts
Showing posts with label tika. Show all posts

Sunday, October 18, 2009

मेरो समस्या र तपाइंहरुको तिहार

अब त तिहार पनि सकिन लाग्यो | अब त ठ्याम्मै तीन वर्ष लागेछ, दशैं र तिहार नमनाएको पनि | घरि घरि घर-परिवारको यादले सताएर हैरान पार्छ | तेत्ति साह्रो प्रगति पनि गर्न सकेको होइन | न त घर-परिवारलाई पैसा पठाउन सकिएको छ, न त आफुले नै चित्तबुझ्दो कमाउन सकिएको छ |

साह्रै असन्तुष्ट पो भैयो त यहाँको जिन्दगानी देखेर | राम्रोसंग खानबस्नको समेत ठेगान नहुनु भनेको साह्रै दु:खलाग्दो कुरा हैन र ? पढाइ सकेपछी के गर्ने भन्ने चिन्ता त छंदैछ | आह , मलाई त सधैंभरी व्यग्रताले सताइरहन्छ | यो कर्ममा पनि के लेखेको रहेछ कुन्नि ? लाइफ मा कहिले के प्रोब्लेम कहिले के प्रोब्लेम म त अब वाक्क नै भैसकें | कहिले समस्याले छोडेको होइन , होइन यो समय पनि कस्तो भन्या? मलाई मात्र किन समस्याले पछ्याइरहेको होला !

जिन्दगीमा यस्तो गर्छु उस्तो गर्छु भनेर सोच्यो , तर आफुले सोचेजस्तो केहि हुन सकेको होइन | कहिले कार एक्सिडेन्ट त कहिले सख्त घाइते हुनु पर्ने, लौ न प्रभु मलाई उद्धार गर, सधैं समस्याग्रस्त नबनाइराख |

जे भएपनि मेरो ब्लगका सम्पूर्ण पाठकहरुलाई लक्ष्मीपूजा अर्थात् दिपावली को मंगलमय शुभकामना | र भाइटिका पनि भब्यताकासाथ मनाउनु होला | यहि कामना गर्न चाहन्छु , सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई |

Friday, September 25, 2009

Best Time to Take "Tika" for this year (वि. सं. २०६६)

काठमाडौ, असोज ३ (नागरिक) – यस वर्ष अर्थात् वि. सं. २०६६ सालको विजयादशमीको उपलक्ष्यमा टीका लगाउने सबैभन्दा राम्रो साइत असोज १२ गते (सेप्टम्बर २८) विजयादशमीका दिन बिहान ९ : ३५ बजे देवी बिसर्जन र बिहान १० : ५५ बजे टीका लगाउनका लागि शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विजया दशमीको टिका र आर्शीवाद थाप्न साइत विशेष कुर्न भने नपर्ने समितिले उल्लेख गरेको छ। “दुर्गा माताको प्रसाद लगाउन र आर्शीवादका लागि कुनै साइत जुराउन आवश्यक पर्दैन,” समितिका अध्यक्ष डा. माधव भट्टराईले भने, “साइतमै टिका लगाउन सुरु गर्ने हो भने ११ बज्न पाँच मिनेटअगाडि सबैभन्दा शुभ छ।”

अध्यक्ष डा. भट्टराईका अनुसार शनिबार बिहान ९ : २५ बजे घटस्थापना, फूलपातीका दिन बिहान ८ : १७ बजे तुलजाभवानीको यात्रा तथा ८: ५९ बजे थिराशनका लागि र टीकाका दिन मध्याह्न १२:२१ बजे तुलजाभवानीको यात्रा र दिउँसो १:०५ बजे थिराशनका लागि साइत जुरेको छ।

मेरो ब्लगका सम्पूर्ण पाठकहरुमा दशैंको हार्दिक मंगलमय शुभकामना | तपाईंले चाहेको पुगोस् र तपाईंका आवश्यकताहरु पुरा होउन् | यही नै मेरो कामना छ |
Bookmark and Share