Sunday, October 18, 2009

मेरो समस्या र तपाइंहरुको तिहार

अब त तिहार पनि सकिन लाग्यो | अब त ठ्याम्मै तीन वर्ष लागेछ, दशैं र तिहार नमनाएको पनि | घरि घरि घर-परिवारको यादले सताएर हैरान पार्छ | तेत्ति साह्रो प्रगति पनि गर्न सकेको होइन | न त घर-परिवारलाई पैसा पठाउन सकिएको छ, न त आफुले नै चित्तबुझ्दो कमाउन सकिएको छ |

साह्रै असन्तुष्ट पो भैयो त यहाँको जिन्दगानी देखेर | राम्रोसंग खानबस्नको समेत ठेगान नहुनु भनेको साह्रै दु:खलाग्दो कुरा हैन र ? पढाइ सकेपछी के गर्ने भन्ने चिन्ता त छंदैछ | आह , मलाई त सधैंभरी व्यग्रताले सताइरहन्छ | यो कर्ममा पनि के लेखेको रहेछ कुन्नि ? लाइफ मा कहिले के प्रोब्लेम कहिले के प्रोब्लेम म त अब वाक्क नै भैसकें | कहिले समस्याले छोडेको होइन , होइन यो समय पनि कस्तो भन्या? मलाई मात्र किन समस्याले पछ्याइरहेको होला !

जिन्दगीमा यस्तो गर्छु उस्तो गर्छु भनेर सोच्यो , तर आफुले सोचेजस्तो केहि हुन सकेको होइन | कहिले कार एक्सिडेन्ट त कहिले सख्त घाइते हुनु पर्ने, लौ न प्रभु मलाई उद्धार गर, सधैं समस्याग्रस्त नबनाइराख |

जे भएपनि मेरो ब्लगका सम्पूर्ण पाठकहरुलाई लक्ष्मीपूजा अर्थात् दिपावली को मंगलमय शुभकामना | र भाइटिका पनि भब्यताकासाथ मनाउनु होला | यहि कामना गर्न चाहन्छु , सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई |