आज मलाई के लेखौं के लेखौं भएको छ ? आफैंमा सोचिरहेको छु - यो जिन्दगीको बारेमा | कहिलेकाँही त आफैंलाई पट्यार लागेर आउँछ ! बिदेशी भूमिमा कहिलेसम्म बस्नु पर्ने हो भनेर | तथापी के गर्नु , कर्म यस्तै रैछ | तर हेरौं, केहि त अवस्य होला ढिलोचाँडो | न खानाको ठेगान छ न त सुत्ने र बस्ने नै, खाली काम भन्यो,पढाई भन्यो, आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि कति गाह्रो |
भेटिएका साथीभाई पनि अधिकांश स्वार्थी नै, के गर्नु यस्तै बनाउँदो रहेछ यहाको परिवेशले मान्छेलाई | सबै आ-आफ्नो काममा तल्लिन , न कसैलाई कसैको मतलब छ, न त अरुलाई गर्नुपर्ने सहयोगको वास्ता नै |
तर पनि कतिपय भने चाहीं सहयोगी पनि छन् है | केहीले निकै घतलाग्दो सहयोग गरेका छन् | ती सम्पूर्ण साथीहरुप्रति आभार ब्यक्त गर्दछु | अरु कुराहरु यही ब्लगमा थप्दै गरौंला , अहिलेलाई चाहीं छुट्टीऊँ होला | जदो !
Friday, October 16, 2009
Subscribe to:
Post Comments (Atom)
1 comment:
yes.. informative :)
Post a Comment